कैलालीमा कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता

अनलाईन न्युजपाटी, कैलाली,समाचारदाता,साउन १५ गते।

कैलालीमा कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ब्याक गर्ने क्रममा नम्बर खुल्न नसकेको जीप सडकबाट कर्णाली नदीमा खसेको हो ।

गाडीमा सवार १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्रि जोशी र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको छ भने चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अधिकारीले बताए। प्रहरीका अनुसार घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर उल्लेख भएको छ।

नेपालगञ्जबाट उपचार गरेर फर्किने क्रममा सोल्टा घुम्न जाँदा उनीहरु दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *