अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,साउन १६ गते।
झापा जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।
विहीबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले साउन १६ गते शनिवार (आज) राती देखी झापा जिल्ला पूर्णरुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
दुई सात अघि मात्र झापा प्रशासनले कोरोना संक्रमणको दरमा कमी आएको भन्दै जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको थियो ।
साउन १६ गते शनिवार राती १२ बजे देखी लागु हुनेगरी साउन २३ गते राति १२ बजे सम्मको लागी पूर्ण निषेधाज्ञा घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय झापाले आदेश जारी गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणको लागी आह्वान गरेको छ । यस बिचमा हाट बजार मेला जात्रा महोत्सव लगायत भिडभाड हुने कुनै पनि क्रियाकलाप गर्न नपाइने भनिएको छ । औषधी पसल, ग्यास तथा पेट्रोल पम्प बाहेक सम्पूर्ण बजार पसल बन्द हुने आदेश गरिएको छ ।
हरियो सागसब्जीको हकमा भने बिहान ६ देखी ८ बजेसम्म बिक्री वितरणको लागी समय छुटाइएको छ । अत्यावश्यक सेवाका बाहेक सम्पूर्ण सार्वजनिक तथा निजी सवारीसाधन हरू २३ गते राति १२ बजेसम्मको लागी पूर्णरुपमा रोक लगाउने निर्णय भएको प्रजिअले बताए । तर पूर्वपश्चिम राजमार्गमा लामो दरीका सवारी सञ्चालन गर्न पाइने भएको छ ।