आज पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १७ गते।

आज पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यस क्रममा दिउँसो र राति गरी देशका पाँचवटा प्रदेशमा कतै कतै भारी (ठूलो) वर्षासमेत हुने सम्भावना देखिएको छ।

दिउँसो (दिनमा) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि हुने सम्भावना छ।

यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।

 प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभूगामा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *