विद्यार्थी भर्नाको विषयमा रौतहटमा लाठी हानाहान हुँदा १९ जना घाइते

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,साउन १८ गते।

विद्यार्थी भर्नाको विषयमा रौतहटमा लाठी हानाहान हुँदा १९ जना घाइते भएका छन् ।

रौतहटको माधवनारायण नगरपालिका-४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने विषयमा दुई समूह बीच आइतबार झडप भएको हो ।

दुई समूहबीच भएको झडपमा १९ जना घाइते भएका हुन्।

जिल्लाको श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावकबीच विवाद हुँदा भएको झडपमा १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

भर्ना गर्न आएका अभिभावकसंग र प्रधानाध्यापकबिच भर्ना फारमको विषयमा विवाद सुरु भएको हो । बच्चालाई भर्ना गराउन फर्म भरेर लिएर आएका अभिभावकलाई कुनै फारममा फोटो नमिलेको, अभिभावकको सही नभएको भनेर प्रधानाध्यापकले भर्ना लिन नमानेपछि विवाद भएको थियो।’

झडपमा विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनालाई काठमाडौं रिफर गरिएको र दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *