मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सात घर बगाए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १९ गते।

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले मेलम्ची–११ का सात घर बगाएको छ ।

मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासीले जानकारी दिनुभयो ।

गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो ।

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *