‘कोभिसिल्ड’ खोपको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएका साढे १३ लाख बढी मानिसलाई साउन २५ गतेदेखि खोप दिने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २३ गते।

‘कोभिसिल्ड’ खोपको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएका साढे १३ लाख बढी मानिसलाई सरकारले साउन २५ गतेदेखि खोप दिइने भएको छ। 

खोप शाखाका प्रमुख डा. झलक गौतमले १३ लाख ६८ हजार मानिस कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाले ती मानिसहरूलाई साउन २५ गतेदेखि दोस्रो डोज दिन सुरू गरिने जनाए। 

‘प्रदेश १ र २ मा अलिकति ढिला हुनसक्छ। तर बाँकी प्रदेशहरूमा भने साउन २५ गतेदेखि खोप दिन सुरू गर्ने गरी तयारी भएको छ,’ डा. गौतमले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *