आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २३ गते।

हाल देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सम्भावना छ। यस क्रममा प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी  भू- भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *