खोप केन्द्रसम्म जान नसक्नेहरुलाई घरमै गएर खोप सेवा उपलब्ध गराउन सर्वोच्च अदालतको आदेश

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २९ गते।

सर्वोच्च अदालतले वृद्धवृद्धा र अपांगता भएका व्यक्ति केन्द्रसम्म आउन नसक्ने भएकाले घरमै गएर कोरोना खोप लगाइदिन सरकारलाई आदेश दिएको छ। 

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका एवं दृष्टिविहीनलगायतका नारिकहरुको लागत संकलन गर्न र घर–घरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले संविधानले दिएको मौलिक हक कार्यन्वयनका सन्दर्भमा यस्ता आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, स्तिारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने ब्यक्तिहरु समेतका लागि राज्यले वडा वडा स्तरबाट लगत संकलन गरी वा उपर्युक्त अन्य माध्यमबाट पहिचान गरी घर घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्वको लागि कार्यक्रम सञ्चालन गर्नु गराउनु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *