बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण कान्द्रा नदीको बहाव बढेसँगै हुलाकी सडक नदीले बगाए

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,साउन ३१ गते।

बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण कान्द्रा नदीको बहाव बढेसँगै हुलाकी राजमार्ग आयोजना अन्तर्गतको सडक बाढीले बगाएको छ। जिल्लाको भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडक नदीले बगाएको हो। 

झण्डै १ सय मिटरभन्दा बढी सडक बगाउँदा खेतमा बनाइएको आलीबाट हिँड्डुल गरिरहेको स्थानीयले बताएका छन्।

भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चौकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो । ६२ किलोमिटरमध्ये दुई किलोमिटर बसन्ता क्षेत्रभित्र परेपछि सो सडकको काम अघि बढ्न सकेको थिएन । अहिले नेपाल सरकारले सो सडक स्तरोन्नति गर्ने भनेपछि अहिले तीन चरणमा काम अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *