अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ३ गते।
भदौ ७ गते गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सरकारले सार्वजनिक विदा दिने भएको छ ।
बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्रीले जानकारी दिए ।
यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा हुँदै आएको थियो ।
सरकारले भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।