अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ४ गते।
आजदेखि काठमाडौंमा १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । उनीहरुलाई चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको हो ।
यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ । बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ ।
खोप लगाउने सम्बन्धी सूचनामा ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने उल्लेख छ ।