वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ११ गते।

बिहिबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका-२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको छ ।

सडकको पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भैरहेको छ ।

सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *