कैलालीमा जारी निषेधाज्ञा अनिश्चितकालका लागि थपिए

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,भदौ १० गते।

कैलालीमा जारी निषेधाज्ञा अनिश्चितकालका लागि थपिएको छ ।

जिल्लामा कोरोना संक्रमणदर कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले अर्को आदेश नआएसम्मका लागि  निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

कोरोना संक्रमणदर बढ्दैगईरहेको परिपेक्ष्यमा जीवनयापनलाई समेत क्रमश सहज गर्दै जाने र कोभिड-१९ को संक्रमण समेतलाई नियन्त्रण गरी जनताको जीवन रक्षाका लागि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागू हुने गरी निरन्तरता दिईएको जारी आदेशमा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको  अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । यस अघि जारी गरेको  निषेधाज्ञा आज राती १२ बजे सकिदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *