अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ १० गते।
अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको छ।
अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौं मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिएको बताइएको छ।
विमानस्थलमा एशियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुनसक्ने अनुमान गरिएको छ। पेन्टागनका प्रवक्ता जोन कर्बीले भने, ‘काबुल विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ। यतिबेला विस्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन।
काबुल विमानस्थलमा आतंकवादी हमलाको सूचना प्राप्त भएपछि तीनवटा गेटहरू बन्द गरिएका थिए । विस्फोट त्यही गेट मध्ये एकमा भएको हो ।