अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ११ गते।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार कर्णाली र सुदूपश्चिम प्रदेशबाहेक देशका सबै स्थानमा २४ घण्टादेखि निरन्तर पानी परिरहेको हो। आज पनि जारी रहने सम्भावना रहेको मौसमविद्ले बताए।
महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारीरधेरै भारी वर्षा हुने सम्भावना छ।
यस्तै राति धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारीरधेरै भारी र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा बढेको छ ।
मौसमविद्का अनुसार यसपटक तराईमा केही दिन अधिक भारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी लुम्बिनी क्षेत्र आसपास तराईका जिल्लामा लगातारको वर्षा केही दिनदेखि नै भइरहेको छ ।
भदौरे झरीका कारण कोसी, नारायणीलगायतका ठूला तथा साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । त्यस्तै पहाड हुँदै बग्ने कर्णाली, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीलगायतका नदीको बहाव पनि सतर्कता तहभन्दा माथि हुने जनाइएको छ ।