४४ किलो लागुऔषध गाँजासहित दुईजना मकवानपुरबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ११ गते।

४४ किलो लागुऔषध गाँजासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनहरी गाउपालिका-५ डिल्लिपुर बस्ने २४ वर्षीय रामचन्द्र मोक्तान र सोही गाउपालिकामा बस्ने २२ वर्षीय अर्जुन लोप्चन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउपालिका-५ जय सिंहस्थित खोलाको किनारामा ४४ किलो गाँजाको भारी बोकी हिंडिरहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *