सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, उक्त ठाउँमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,भदौ ११ गते।

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ ।

भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ।

उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई-तीन दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो । 

कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार आज दिउँसोको मापनअनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेन्ड क्यूसेक बहाव भइरहेको जनाइएको छ । अझै पानीको बहाव बढ्ने क्रममा रहेकाले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २२ वटा ढोका खुल्ला राखिएको छ । पानीको बहाव बढिरहेको भन्दै आवश्यकतानुसार थप ढोका खुल्ला गरिने कोशी ब्यारेज प्रशासनको भनाइ छ ।

पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।

कोशी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ भने सप्तरी जिल्लाको तटबन्ध आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेका छ । उक्त ठाउँमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन उनले आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *