अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ११ गते।
नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।

यसअघि बालाधिकृत रथी प्रभुराम शर्माले सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका थिए ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आगामी २४ भदौमा समाप्त हुँदैछ ।