अफगानिस्तानमा अमेरिकी सैनिकले आईएसमाथि ड्रोन आक्रमण गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ १२ गते।

अफगानिस्तानमा अमेरिकी सैनिकले आईएसमाथि ड्रोन आक्रमण गरेको छ ।

राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमणमा १७७ जना मानिस र १३ अमेरिकी सैनिक मारिएको दोस्रो दिन सो हमला गरिएको अमेरिकाको भनाइ छ ।

‘हामीले लक्ष्यलाई मारेको प्रारम्भिक सङ्केत प्राप्त गरेका छौँ । हमला सर्वसाधारणलाई कुनै क्षति भएको छैन,’ शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले जनाएको छ । विमानस्थलमा भएको बम आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाका दोषीलाई खोजेर बदला लिने बताएका थिए ।

बम आक्रमणका बाबजुद अमेरिकाले उद्धार कार्यलाई निरन्तरता दिएको छ । बम आक्रमणमा थुप्रै हताहत भए पनि विमानस्थलबाहिर फेरि पहिलेजस्तै भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *