मोटरसाईकल चोरी गरी भाग्ने एक युवा पर्सा प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,भदौ १२ गते।

पर्सा प्रहरीले मोटरसाईकल चोरी गर्दा गर्दै एकजना युवालाई नियन्त्रणमा लिएको छ ।

शुक्रवार राती करिव ९ बजेको समयमा मोटर साईकलको लक तोडेर मोटर साईकल लिएर भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय श्रिपुरले एक युवकलाई नियन्त्रणमा लिएको हो ।

बीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथटोल बस्ने सुशिम अधिकारीको घरमा पार्किङ्ग गरी राखेको ना २२ प ५७५० नम्बरको १५० सिसी मोटर साईकलको लक तोडेर भाग्दै गरेको अवस्थामा मोटर साईकल सहित एक युवकलाई पर्सा प्रहरीले जनाएको छ ।

मोटरसाईकल चोरी गर्दा गर्दै पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर १४ पिपरा निवासी बर्ष २८ को राधे पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मोटर साईकल चोरीमा पक्राउ परेका माथी जिल्ला प्रहरी कार्यालय पर्साले चोरी सम्बन्धी कसुरको मुद्दा चलाउने तैयारी भै रहेको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *