अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ १३ गते।
काबुलमा अर्को हमला हुनसक्ने अमेरिकाले चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको काबुलमा अर्को आतंककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् ।
काबुल अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षाका लागि ७ हजार अमेरिकी सेना खटाएको छ । तर त्यहाँ आईएसले आक्रमण गरिरहेको छ ।
बाइडनले भने, ‘त्यहाँको अवस्था एकदमै खत्तरापूर्ण रहेको छ । विमानस्थलमा अर्को आतंकारी हमला हुनसक्ने खतरा धेरै छ ।’
बिहीबार भएको आक्रमणमा १६९ अफगान नागरिक र १३ अमेरिकी नागरिकको मृत्यु भएको थियो ।
त्यसको बदलास्वरुप मअमेरिकाले शनिबार ड्रोन आक्रमण गरेको थियो । उक्त आक्रमणमा आईएसका योजनाकारको मृत्यु भएको अमेरिकाको दावी छ । त्यसको एक दिन पनि नबित्दै अमेरिकाले पुन: अर्को हमला हुनसक्ने भन्दै अहिले चेतावनी दिएको हो ।