आजबाट मनकामना केबुलकार सञ्चालनमा आउने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २० गते।

आजबाट मनकामना केबुलकार सञ्चालनमा आउने भएको छ ।

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।

स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै केबुलकार सेवा सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।

कोभिडको सङ्क्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारका लागि ई–सेवा, फोन–पेजस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्नसक्ने व्यवस्था गरेको पनि जानकारी दिएको छ । यससँगै कम्पनीले नै तल्लो स्टेसनमा सञ्चालन गरेको रेस्टुरेस्ट पनि सञ्चालनमा ल्याइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *