पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २२ गते।

मुग्लिन–नौबिसे सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६:०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजरले जानकारी दिनुभयो । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उहाँले बताउनभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *