अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २२ गते।
गुल्मीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाउँदै सबैखाले पसल व्यवसाय खुल्ला गर्ने निर्णय गरेको हो ।
गुल्मीमा पसल व्यवसाय, बैंक र वित्तीय संस्था, होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड अपनाएर पूर्णरुपमा सञ्चालन गर्न पाउने भएका छन् ।
निषेधाज्ञा कोरोना संक्रमणको अवस्था हेरेर चरणबद्ध रुपमा खुकुलो बनाइएको हो । यो अवधिमा संक्रमणको जोखिम उच्च भएका स्थानमा भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाइने भएको छ ।
विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहले पाएका छन् ।