अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ३० गते।
मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २:०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षकले जानकारी दिए ।