अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ३० गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको छत्तिसगढ र मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको छ।
देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो: देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।