आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १२ गते।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  देखि साँझ ६ बजेसम्म केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा काठमाडौं उपत्यकामा पनि आज अपराह्नतिर हल्का वर्षा हुने देखिएको मौसमविद्ले जानकारी दिए।

महाशाखाको बुलेटिन अनुसार आज राति पनि देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।  मनसुन अन्तिम चरणमा पुगिसकेकाले अब ठूलो वर्षाको सम्भावना खासै छैन। हल्कादेखि मध्यमसम्म क्षणिक वर्षाको मात्र सम्भावना छ।

मौसमविद्का अनुसार मनसुनी प्रणाली हट्ने सामान्य मिति आउने अक्टोबर २ तारिख हो। त्यही मितिमा मनसुन बिदा हुने देखिएको छैन , केही लम्बिने संकेत देखिएको छ, तर वर्षा त्यस्तो ठूलो हुँदैन।

बंगालको खाडीमा बनेको गुलाब नामको चक्रवातले भारतमा प्रत्यक्ष प्रभाव परे पनि नेपालमा खासै असर नपरेको यहाँका मौसमविद्ले बताएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *