जर्मनीमा भएको सङ्घीय संसद्को निर्वाचनमा सोसल डेमोक्रयाटिक पार्टी विजयी

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज १२ गते।

जर्मनीमा भएको सङ्घीय संसद्को निर्वाचनमा सोसल डेमोक्रयाटिक पार्टी विजयी भएको छ ।

सोसल डेमोक्रयाटिक पार्टीले २५ प्रतिशतभन्दा बढी मत ल्याएर सबैभन्दा ठूलो पार्टी भएको निर्वाचन आयोगले घोषणा गरेको छ । 

सबै जिल्लाबाट प्राप्त विवरणहरूलाई रुजु गरेर अन्तिम रुप दिएपछि मात्रै यस्तो विवरण देखिएको आयोगले जनाएको छ । 

क्रिश्चियन सोसल युनियन पार्टीले एसपीडीलाई टक्कर दिएको छ । सो पार्टीले २४.१ प्रतिशत मत ल्याएर संसद्मा दोस्रो ठूलो दल भएको छ । त्यसैगरी तेस्रो भएको द ग्रिन्स पार्टीले १४.८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ । 

आयोगका अनुसार फ्रि डेमोक्र्याटिक पार्टी (एफडीपी)ले ११.५ प्रतिशत मतका साथ चौथो दल हुँदा द एलाइन्स फर जर्मनी (एएफडी) १०.३ प्रतिशत मतसहित पाँचौँ भएको छ ।  नयाँ गठन भएको संसद्ले नयाँ चान्सलर चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *