भारतबाट कोभिसिल्ड खोपको १० लाख मात्रा दशैं अघिनै नेपाल आउने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १८ गते।

भारतबाट कोभिसिल्ड खोपको १० लाख मात्रा दशैं अघिनै नेपाल आउने भएको छ।

भारतको सिरम ईन्स्टिच्यूटमार्फत कोभिसिल्डको १० लाख मात्रा खोप यो हप्ताभित्रै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. सागर दाहालका अनुसार सिरमले दुई हप्ताभित्र बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने औपचारिक जानकारी दिएको हो। उक्त खोप दशैं अघि नै नेपाल आउने भएको छ।

सरकारले भारतसँग २० लाख डोज खोप खरिद गरेको थियो। भारतमा पनि कोरोनाको महामारी बढ्न थालेपछि पहिलो प्राथमिकता आफ्नो देश भन्दै भारतले खोप निर्यातमा रोक लगाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *