जसपा द्धारा बिरगंजमा अख्तियार विरुद्धमा विरोध प्रदर्शन

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,असोज १८ गते। 

प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको विरुद्धमा जसपा द्वारा  विरोध प्रदर्शन गरेको छ।

पर्साका (जसपा) अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध प्रदर्शन माइस्थान, आर्दशनगर,  घडिअर्वा हुँदै घण्टाघरमा आएर कोणसभा भएको थियो। उक्त  विरोध कार्यक्रममा अख्तियार मुर्दावाद, संघियता मास्न पाइँदैन, जस्ता नारा लगाएका थिए ।

मधेश प्रदेश समिति सदस्य मदन प्रसाद चौहान, समाजवादी का  प्रदेश सभा सदस्य सिँहासन साह कलवार, जसपाका केन्द्रिय सदस्यहरु टेकबहादुर शाक्य, मोहनलाल चौधरी, केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य करिमा बेगम लगायतले सम्बोधन गरेका थिए ।

जसपाका वक्ताहरुले अख्तियार द्वारा छापामारी को घोर भत्सर्ना गरेका थियो । मधेश प्रदेश समिति सदस्य मदन प्रसाद चौहान, प्रदेश सभा सदस्य सिँहासन साह कलवार, जसपाका  केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य करिमा बेगम लगायतले सम्बोधन गरेका थिए ।  मधेसीहरु को आन्दोलन ले ल्याएको संघियता मास्ने काम भएको बताएका छन ।

विरोध प्रदर्शनमा जसपाका केन्द्रिय सदस्यहरु, प्रदेश सभा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्यहरु  उल्लेख्य उपस्थिती रहेको जसपा का अध्यक्ष रामनरेस यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *