अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १८ गते।
माधवकुमार नेपाल ५ दिनको स्वास्थ्य उपचारपछि आज डिस्चार्ज भएर घर फर्केका छन् ।
अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् । चिकित्सकको सल्लाहअनुसार नै उनी केहीदिन घरमै आराम गर्नेछन् ।
रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाल असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना परीक्षण गरे पनि नेगेटिभ आएको थियो।