नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गर्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १८ गते।

जापान सरकारले नेपाललाई ६ एम्बुलेन्स प्रदान गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त गरे । उनले नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने बताए ।

आज दिएकासँगै एम्बुलेन्स सेवासँग १८ एम्बुलेन्स हुनेछन् । सो संस्थाले १०२ नम्बरमा फोन गरे २४ घण्टा एम्बुलेन्स सेवा पुर्याउँदै आइरहेको छ । एम्बुलेन्सका लागि अहिले दैनिक ३० सम्म फोन आउने गरेका छन् । एम्बुलेन्स सेवाले काठमाडौंसहित पोखरा र चितवनका पनि सेवा विस्तार गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *