आज थपिए ७ सय ९२ जना कोरोना संक्रमित, कुल संख्या ८ लाख ९६ हजार ७७४पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २६ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ७ सय ९२ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ९६ हजार ७७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ७ लाख ७७ हजार ७ सय ४१जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *