महोत्तरीमा गएराती एक महिलाको हतौड़ी प्रहार गरि हत्या

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज २८ गते।

महोत्तरीमा गएराती एक महिलाको हतौड़ी प्रहार गरि हत्या गरिएको छ।

महोत्तरी गाउँपालिका ३ मडई बस्ने लालकिशोर झाकी पत्नी वर्ष ४२ की शिला देवी झाको सुतेकै ओछ्यानमा हत्या भएको हो ।

झामाथि राति करिव १ बजेको समयमा घरमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले हथौडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षकले जानकारी दिए ।

शिलाको लास ओछ्यानमै भेटिएको र हत्या गर्नेको खोजी भईरहेको प्रहरीले जनाएको छ । घटना स्थलको मुचुल्का उठाई लासलाई पोष्टमार्टमका लागि पठाईएको छ ।

घटना बारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *