दसैँको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरू आजबाट खुल्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ३१ गते।

दसैँको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरू आजबाट खुल्दै छन् ।

दशैंको विदा सकिएसँगै विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ ।

दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका नाकाहरुमा दशै मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको आभास मिल्छ ।

विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्सीवाद लिने क्रम जारी छ ।

विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढा टाढा भएकाहरूले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा रही आएको छ ।
यद्यपि पश्चिमी नेपालमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । 

घटस्थापनादेखि नौ दिनसम्म दुर्गा भवानीको पुजा आराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ । फूलपातीको दिनदेखि ५ दिनसम्म दसैँ बिदा मनाएकाहरू आजबाट नियमित कार्यालयमा फर्किनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *