काठमाडौंको पिपलामोडमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २ गते।

काठमाडौंको पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।

ट्रक दुर्घटना हुँदा राति दुईतर्फी आवत–जावत बन्द भएको थियो । बाटोभरि ग्यास सिलिण्डरहरु छरिएका थिए । ट्राफिक प्रहरीको र्‍याकरले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको र्‍याकर मगाएर ट्रकलाई हटाइएको छ ।

ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *