अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ५ गते।
विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।
दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको हो ।
उडान तालिका बिहानबाट साँझ ५ बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालिन उडान भने तत्काल नहुने भएको छ ।
प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर उडान नगरी भीएफआर उडान मात्र हुने भएको हो ।