अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ८ गते।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसम देशको पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली र बाँकी स्थानमा आंशिक मात्र बदली छ। यतिबेला पानी कतै परेको छैन।
मौसम पूर्वानुमान अनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।