लागु औषध सहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,कार्तिक ९ गते।

पर्सा प्रहरीले लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा  वीरगञ्ज महानगरपालिका वडा नं.१६ वाईपास जय माँ वैष्णवदेवी मन्दिर अगाडि जिल्ला प्रहरी  कार्यालय पर्सा र  प्रहरी चौकी गणेशटोलबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा बा.४ च १०२१ नम्बरको TATA IDICA कारलाई रोकी जाँच गर्ने क्रममा लागु औषध Wincirex 100 ml को २३७ बोत्तल र नाईट्राभेट ट्याब्लेट ६०० पिस कार्टुनमा प्याकिङ  गाडीको पछाडि सिटमुनी राखिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जनाएका छन् ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा बस्ने बर्ष २६ को सुमन न्यौपाने र सो वडामा बस्ने २८ बस्ने रोशन लामालाई पक्राउ गरि लागु औषध सम्बन्धि कसूरमा अनुसन्धान अगाडी बढाएको पर्सा प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *