कास्कीमा देउसी–भैलोलगायतका कार्यक्रम राति १०:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १५ गते।

जिल्ला प्रशासन कार्यालय कास्कीले तिहार र छठ पर्वलाई लक्षित गर्दै  आइतबार आदेशात्मक सूचना जारी गरेको छ ।

कोभिड – १९ को  संक्रमण दर अपेक्षित रूपमा  नघटेको र संक्रमण बढ्ने जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ।

साथै देउसी  भैलोका कार्यक्रम गर्दा  सार्वजनिक यातायात र जन जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न गराउन  प्रशासनले  आदेश गरेको  छ ।

प्रशासनले  आइतबार एक  सूचना जारी गर्दै पटका, आतस बाजी, झिर झिरे, भुइँचम्पा जस्ता विस्फोटक जन्य  पदार्थको  प्रयोग  र तिनको , ओसारपसारमा पूर्ण रूपमा रोक लगाएको जनाएको  छ ।

प्रशासनले  मादक पदार्थ सेवन गरी होहल्ला नगर्न, समाजमा अशान्ति हुने भिडभाडजन्य गतिविधि  तथा अशोभनीय क्रियाकलाप नगर्न नगराउन अनुरोध समेत  गरेको छ ।

चाडबाडमा  मठ मन्दिर, गुम्बा लगायत धार्मिक स्थलहरूमा अनावश्यक भिडभाड हुन नदिई स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी पूजा पाठ गर्न  प्रशासनले  आग्रह गरेको  छ ।

जारी आदेश उल्लङ्घन भएमा  कानुन बमोजिम कारबाही गर्ने  प्रशासनले चेतावनी दिएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *