अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १७ गते।
देउसी-भैलो काठमाडौं उपत्यकामा राति ९ बजेसम्म मात्रै खेल्न पाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ।
कोभिड–१९ को सङ्क्रमणलाई ख्याल गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर देउसी–भैलो एवं अन्य नाचगानका कार्यक्रम राति ९ बजेसम्म मात्र गर्न सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मादक पदार्थलगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिकस्थलमा होहल्ला झैझगडाजस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पार्ने कुनै पनि कार्य नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ। पटकाजस्ता विस्फोटक वस्तुको उत्पादन ओसारपसार बिक्री वितरण एवं प्रयोग नगर्न नगराउन पनि भनिएको छ। विज्ञप्तिमा तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।