पर्सा प्रहरीद्धारा लाखौं मुल्य बराबर पटका नष्ट

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,कार्तिक १७ गते।

पर्सा प्रहरीले लाखौं मुल्य बराबरको विभिन्न किसिमको पटकाहरु नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यलय पर्साको मातहत रहेको जिल्ला भरिको  विभिन्न स्थानवाट  विस्फोटक पदार्थ रकेट पटका ३५ प्याकेट , नागिन पटका १२५० प्याकेट , फुलझरी ८०० पीस ,रकेट फुलझरी १२० पीस , विडी पटका ७बोरा , कोबरा बिडी १०६ , चकलेट पटका ४० प्याकेट , झिरझिरी १२० पी, टेनसिट १०० पी , seven shoot २० प्याकेट , लगाएतका पटकाहरु नष्ट गरेको छ।

 त्यसै गरि प्रहरीले नष्ट गरेको पटका करिव १ लाख पचास हजार बराबरको पटका नष्ट गरेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *