प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २८ गते।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित धर्ना दिँदैछन्।

उनीहरू आज पनि सर्वोच्च प्रवेश गर्ने गेटमै धर्नामा बस्दै छन् ।

दोस्रो चरणको आन्दोलनमा रहेका बार आबद्ध वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै अदालत प्रवेश नै गर्न नदिने रणनीति अपनाएका हुन् ।

कात्तिक १४ गतेदेखिने हातमा कालो पट्टी बाँधेर आन्दोलनामा रहेका कानुन व्यावसायीहरुले आज पनि बिहान साढे ९ बजेदेखि ११ बजेसम्म अदालतको प्रमुख गेटमै धर्नामा बस्ने घोषणा गरिसकेका छन् ।

बारले गत शुक्रबार पनि जबरालाई अदालतमा प्रवेश रोक लगाएर गेटमै प्रदर्शन गर्दै बाटो छेकेका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटो हुँदै आफ्नो कार्यकक्ष प्रवेश गर्न सफल भएका थिए । वकिलहरुको रणनीति असफल बनाउन सफल हुनुभएका जबराले शुक्रबार ८ इजलाससमेत तोक्नुभएको थियो । तर सर्वोच्चका न्यायाधीशहरुले नै इजलाश बहिस्कार गरेपछि कुनै पनि मुद्दामाथि सुनुवाइ भने हुनसकेको थिएन ।

गत बुधबारसम्म बारबाट राजीनामा दिन अल्टिम पाउनुभएका प्रन्या जबराले राजीनामा नदिने तर संवैधानिक प्रक्रियाबाट आफूलाई हटाउन चुनाैती दिइसकेका छन् । यसको अर्थ हो- बार र न्यायाधीशहरुको आन्दोलनप्रति जबराकाे कुनै वास्ता छैन ।

शुक्रबारको धर्नामा प्रहरी प्रशासन परिचालन गरेको भन्दै बारले त्यस्तो नगर्न गृहमन्त्रालयलाई कानुन व्यावसायीहरुले आग्रह गरेका थिए ।

आजपनि प्रहरी प्रशासनले रोके सर्वोच्चको बाहिरी गेटमा धर्नामा बस्ने बारको तयारी छ । सर्वोच्च अदालतमा सृजना भएको संर्घर्षले न्याय क्षेत्रनै प्रभावित हुँदै आएको छ । सर्वोच्चमा फुल कोर्टपनि बस्न सकेको छैन । सर्वोच्चका २० मध्ये १९ न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *