इक्वेडरको एक जेलभित्र हानाहान हुँदा कम्तीमा ६८ जना बन्दीको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक २८ गते।

इक्वेडरको एक जेलभित्र हानाहान हुँदा कम्तीमा ६८ जना बन्दीको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

यसअघि यही जेलमा गत सेप्टेम्बरमा दुई प्रतिस्पर्धी ग्याङका सदस्यहरूबीच हानाहान हुँदा एक सयभन्दा धेरै बन्दी मारिएका थिए । 

गुआयाक्विल शहरस्थित लिटोरल पेनिटेन्टियरी जेलमा भिडन्त शुक्रबार बिहान भिडन्त सुरु भएको थियो । प्रहरीले जेलभित्र बन्दुक र विस्फोटक पदार्थहरू भेटिएको जनाएको छ ।

जेलभित्र एक ग्याङका सदस्यले अर्को ग्याङका सदस्यमाथि हमला सुरु भएपछि अवस्था नियन्त्रणमा लिनका लागि जेलभित्र सयौँ प्रहरी अधिकारीहरू खटाउनुपरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *