रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २८ गते।

रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

माडी गाउँपालिका वडा नं ६, हान्निङबाट घर्ती गाउँतर्फ गइरहेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रोल्पा प्रहरीका अनुसार दुर्घटनामा परेका २ जना पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

आज (आइतबार) बिहान ११ बजेतिर भएको उक्त दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको अहिले उपचार भइरहेको जनाइएको छ ।

मृतकको सनाखत हुन सकेको छैन भने दुर्घटनाबारे विस्तृत विवरण समेत आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *