अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २ गते।
६५ हजार रुपैयाँ भन्दाबढी नक्कली नोटसहित काठमाडौंबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिका-७ बाट पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं. ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप शिरुवारी गाउँपालिका वडा नं.२ घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं.११ कपन बस्ने २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० मिलनचोक बस्ने १९ वर्षीय चिरन्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन्।
गोकर्णेश्वर-७ दक्षिणढोकामा केही मानिसहरूले नक्कली नोटको कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनको साथबाट एक सय थानका नक्कली नोटहरू बरामद भएका थिए।
त्यो पैसा छोरी पुष्पा थापामगरबाट लिएको बताएपछि प्रहरीले उनको कोठामा प्रहरी पुगेको थियो।
कोठाको तलासी लिँदा ५००, १००० को नोट बनाउनको लागि प्रिन्ट गरी पैसाको आकारमा काटेर राखेको अवस्थामा नोटहरू बारामद भएको परिसरले जनाएको छ।
समरोजको कोठाबाट एक सयका नक्कली नोटहरू, रंगिन प्रिन्टर र कागजात बरामद भएको उनले बताए।
न्यौपानेका अनुसार गोमा श्रेष्ठको साथबाट सयका २९ वटा, पुष्पाको कोठाबाट एक हजारका ३७, पाँच सयका ५६, दस, बीस, पचाससमेतका नोटहरू बरामद भएको छ।
सोमरोज थापाको कोठाबाट कागज प्रिन्टर, लालीगुरास छाप भएको स्ट्याम, पेपर काट्ने कैचीलगायत बरामद भएको छ।
पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले बताए।