सप्तरीमा बसले यात्रुबाहक हाइसलाई ठक्कर दिँदा २ जनाको मृत्यु

अनलाईन न्युजपाटी,सप्तरी,समाचारदाता,मंसिर ३ गते।  

सप्तरीमा बसले यात्रुबाहक हाइसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।

सप्तरी कंचनरुप नगरपालिका–८ बेरियर चोक स्थित पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ४६९२ नम्वरको बसले विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ५०७९ नम्वरको हाइसलाई बिहीबार अपराहन्न ४ बजे ठक्कर दिएको हो।

ठक्करबाट हाइसमा सवार काठमाण्डौ महानगरपालिका ३८ वर्षीय गृषमान सिंह र मोरङगको बिराटनगर महानगरपालिका ३ बस्ने ४१ वर्षका चुडा बहादुर बस्नेतको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपीले जानकारी दिए ।

उनका अनुसार सिंहको घटनस्थलमै र बस्नेतको उपचारको लागि लैजाने क्रममा मत्यु भएको हो ।

अन्य ६ जना घाइते भएका छन् । जस मध्ये १ जनाको अवस्था गम्भीर र अन्य ५ जनाको अवस्था समान्य रहेको डिएसपी काफ्लेले बताए । उनीहरुको गम्भीर घाइतेको बिराटनगर र अन्य समान्य घाइतेको स्थानीय स्तरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधनसहित सवारी चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको डिएसपीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *