कमला नदीमा आज भूत मेला

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर ३ गते।

आज कमला नदीमा भूत मेला लागेको छ ।

सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।

बिहिबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिरहा र धनुषाको सीमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् ।

कमला नदीमा स्नान गरिए कमलेस्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयबासीले बताए। भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन्।

मूल धाँमीले मन्त्र सिद्धि गरिदिएपछि धाँमी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुती दिने चलन छ। मिथिलामा सदियौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास छ। स्नानको समयमा मूल धाँमीले लोक भाकामा गीतसमेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *