लागुऔषध ब्राउन सुगर सहित दुई युवक सिरहाबाट पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,मंसिर ५ गते।  

लागुऔषध ब्राउन सुगर सहित दुई युवक सिरहाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको नरहा गाउँपालिका वडा नं. ३ का २१ वर्षीय इन्दल कुमार यादव र २० वर्षीय कपिल महरा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए ।

सिरहाको नरहा गाउँपालिका वडा नं. ३ डण्डाटोल जाने बाटोमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको प्रहरी टोलीले चेक जाँचको क्रममा ४ ग्राम ५५० मिलिग्राम ब्राउअन सुगर, नाइट्रोभेट ट्याब्लेट दुई वटा बरामद गरेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *