बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर ९ गते।  

बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ ।

बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको जहाज स्यालसँग ठोकिएको हो ।

स्यालसँग ठोक्किएको विमानमा सामान्य क्षति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ ।

जहाजलाई प्राविधिकहरूले हेरिरहेका छन्। यो घटनापछि जहाज उडान-अवतरण भने नरोकिएको अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *